नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग

पशु क्‍वारेन्टाइन कार्यालय

पशु क्‍वारेन्टाइन चेक पोष्ट, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

ताजा जानकारी :
Dr. Dibek Karki

डा.दिबेक कार्की

कार्यालय प्रमुख

Dhirendra Bahadur Shah

धिरेन्द्र बहादुर शाह

सूचना अधिकारी

परिचय

नेपाल एक भूपरिवेष्ठित मुलुक हो । यस मुलुको भारत सँग करिब १००० किलोमिटर जति खुल्ला सिमाना रहेको छ । खुल्ला सिमाना भएको कारण आवत जावत गर्ने पशुपंक्षीहरुको निगरानी र तिनीहरुबाट भित्रिन सक्ने संक्रामक रोगहरुको नियन्त्रण गर्नु  राष्ट्रको दायित्व हो । साथै अन्य मुलुकबाट हवाई मार्ग हुदै पशुपंक्षीहरुको माध्यमबाट फैलन सक्ने संक्रामक रोगको बारेमा पनि सोच्नु आवश्यक छ । पशुपंक्षीलाई बिरामी गराउने जीवाणु विद्यमान रहेमा कुनैपनि बेला अनुकुल समयमा रोग फैलन सक्छ र यि रोगबाट बचाउन सधै नै तत्पर रहनु पर्दछ । पशुपंक्षीमा उपचार खर्च र रोगबाट हुने हानी नाक्सानी मात्र नभै मानव स्वस्थ्यमा समेत त्यसबाट  नकरात्मक प्रभाव पर्न सक्दछ । पशु क्वारेन्टाईन लाई प्रभावकारी बनाई नयां रोग भित्रिन नदिन ठुलै धनराशी खर्च हुने भएता पनि बारम्बार रोगको उपचार र नियन्त्रण गर्नु भन्दा क्वारेन्टाईनलाई प्रभावकारी बनाउनु आवश्यक छ ।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ अनुसार पशु क्वारेन्टाईन भन्नाले पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामागी्रमा कुनै रोग लागेको छ या छैन भन्ने कुरा यकिन गर्न पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीलाई कुनै खास ठांउमा तोकिएको अवधिभर परीक्षणको लागी एकैसाथ वा छुट्टा छुट्टै राखिने कार्यलाई जनाउदछ । तर्सथ देश भित्र संक्रामक रोग फैलिन ... थप पढ्नुहोस्